बुधबार १६ बैशाख २०८३

श्याम घिमिरे,
माघ १२ अर्घाखाँची
जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीको आयोजनामा यही माघ १४,१५ र १६ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीले १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिनुभयो । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीको बारेमा जानकारी दिने उद्देश्यले आज (सुक्रवार) सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष क्षेत्रीले प्रतियोगिताको सबै तयारी पुरा भएको बताउनुभयो ।

प्रतियोगितामा जिल्लाका छ वटै पालीकाबाट कम्तीमा ८६ जनाका दरले खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । खेललाई अनुशासित,व्यवस्थीत र मर्यादित रुपमा सम्पन्न गर्न प्रत्येक पालिकाबाट आउने खेलाडीहरुको सक्कली सर्टीफिकट जाँच गरिनुको साथै बाहिरबाट रेफ्रिहरु ल्याइने बताइएको छ । खेलमा फर्जी खेलाडी ल्याइ सहभागी गराइएमा कडा कारबाही गरिने छ ।

तिन दिन सम्म चल्ने प्रतियोगितामा भलिबल खेलसंगै कपडी, दौड,एथलेटिक्स, तेक्वान्दो लगायतका बिभिन्न बिधाहरुमा खेल सञ्चालन हुनेछन । प्रतियोगितामा बिजेता खेलाडी तथा बिद्यालयका प्रद्यानाध्यापकहरुलाइ सम्मान पनि गरिने भएको छ । प्रतियोगिताको नेपाल सरकारका सँस्कृती पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै ६ लाख रुपैया लाग्ने अनुमान आयोजकले गरेको छ । गत बर्षको रनिङ शिल्ड भुमिकास्थान नगरपालीकाले हात पारेको थियो । प्रतियोगिता अन्र्तरगत लतातार तिनपटक बिजेता भएमा शिल्ड पचक हुने व्यवस्था रहेको छ ।


Last Updated on: January 26th, 2024 at 2:52 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया