शनिबार १३ आषाढ २०८३

श्याम घिमिरे
फागुन २३, सन्धिखर्क

नेपाल राष्ट्रिय शिक्षक संठन सन्धिखर्क नगर समिति, महिला विभागको आयोजनामा “समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी” बिषयक माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगीता बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा बिजय माबि डिभर्नाकी मनिषा थापा प्रथम,जनज्योति माबि चुत्राबेसीकी बन्दना खत्री द्धृतिय,भगवति माबि शंकेटारीकी पुजा पोख्रेल तृयिय र ज्ञानप्रकाश माविकी बन्दना जिसीले शान्त्वना स्थान प्राप्त गरेको जनाइएको छ ।

प्रतियोगितामा बिजेतालाइ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम धुब्र केसीको प्रमुख आतिथ्यता सीता बन्जाडे भुसालको अध्यक्षता,माया ज्ञवालीको स्वागत मनतब्य र विष्णु पन्थी बस्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सन्धिखर्क नगर समितिका अध्यक्ष जनकप्रसाद बस्याल, उपाध्यक्ष सीता पौडेल , सचिव बिनोद भट्टराई ,कोषाध्यक्ष चन्द्रप्रसाद भुसाल,सदस्य रेखा खत्री ,हर्कबहादुर खत्री , कबिता भुसाललगायत सहभागी बिद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

 

 


Last Updated on: March 6th, 2024 at 11:28 pm
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया