शनिबार ०६ आषाढ २०८३

श्याम घिमिरे,
जेठ १८ सन्धिखर्क
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औं स्थापना दिवस अन्तक्रिया तथा सम्मान कार्यक्रम सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले विरुवामा पानी राखि उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले वनको संरक्षण र अतिक्रमणबाट रोक्न आवश्यक रहेको बताउनुभयो । कोइरालाले सामुदायिक वनले नेपाल चिनिएको स्मरण गराउदै त्यसलाइ जोगाइ राख्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक वनप्रति हुने नकरात्कम पक्षलाइ रोक्न सबै सचेत हुनुपर्ने भन्दै कोइरालाले वन क्षेत्रको दिगो विकासमा राज्यको उचित ध्यान जानुपर्नेपनि बताउनुभयो ।

महासंघका जिल्ला अध्यक्ष मधुकुमार श्रेष्ठको अध्यक्षता सन्धिखर्क नगर महासंघका अध्यक्ष डिलबहादुर राना भाटको स्वागत मनतव्य र कोषाध्यक्ष लक्ष्मण पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बरिष्ठ डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेल, नेपाली काँङ्ग्रेसका जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री, नेकपा एमालेका नेता रामचन्द्र पोख्रेल, नेकपा माओवादी केन्द्रकी नेता छमकुमारि खनाल, राष्ट्रिय जनमोर्चाका नेता गोबिन्द बिसि, जसपाका नेता नेत्र बहादुर थापालगायतले शुभकामना मनतव्य सहित प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महासंघका पुर्ब अध्यक्षहरुलाइ प्रमाणपत्र सहित दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न सामुदायिक वनबाट प्रतिनिधित्व गर्दे सहभागी बनेका प्रतिनिधिहरुले स्थानिय सामुदायिक वनको अवस्था लगायतका विषयमा आ–आफ्नो भनाइ समेत प्रस्तुत गरेका थिए ।

 


Last Updated on: May 31st, 2024 at 11:42 am
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया