शनिबार ०६ आषाढ २०८३

साउन १०- लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ । यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। ‘लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुनेछ, यस प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई यस परीक्षाको प्राप्ताङ्कलाई मूल परीक्षाको अङ्कमा समावेश गरिनेछैन, यस परीक्षाको उतीर्णाङ्क पूर्णाङ्कको ४५ प्रतिशत अर्थात् ४५ अंक हुनेछ,’पाठ्यक्रम परिवर्तन गरिएको सूचनामा भनिएको छ ।

यसअघि पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था थियो । तर,अब हटेको छ । त्यस्तै,आयोगले लिखित परीक्षाको प्रथम चरणको परीक्षाबाट छनोट भएका उम्मेदवारलाई मात्र लिखित परीक्षाको द्वितीय चरणको मूल परीक्षामा सम्मिलित गराइने जनाएको छ । आयोगका अनुसार यो व्यवस्था आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागू हुनेछ । source:thahakhabar


Last Updated on: July 25th, 2024 at 1:11 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया