Trend
शुक्रबार , फागुण १५, २०८२

 २०८२ फागुन १ –

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको पालिकाको कार्यसम्पादनमा मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार पाणिनि गाउँपालिकाले ८३.८४ अङ्क प्राप्त गर्दै ७५३ पालिकामध्ये पहिलो बनेको हो ।

यस्तै दोस्रो स्थानमा रहेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अङ्क प्राप्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका ८१. ९८ अङ्कसहित तेस्रो र गुल्मीकै धुर्कोट गाउँपालिका ८०.५२ अङ्कसहित चौथो भएको छ । यी ४ वटा पालिकाले मात्र ८० अङ्क पार गरेका हुन् । कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका परेको छ । देवाहीले ३०.९१ अङ्क मात्रै प्राप्त गरेको छ । प्रायः मधेशका पालिका कमजोर देखिएका छन् ।

यसैबीच देशका ६ वटा महानगरपालीकामध्ये विराटनगर महानगरपालिका ७८.११ अंकसहित सबैभन्दा बलियो देखिएको छ भने संघिय राजधानी रहेको काठमाण्डौ महानगरपालिका ४४.९७ अंकसहित सबैभन्दा कमजोर रहेको छ । दोस्रो स्थानमा परेको ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क पाएको छ । यस्तै तेस्रो भएको भरतपुरले ६८.०४ अङ्क, चौथो भएको पोखराले ५८.०४ र पाँचौँ स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अङ्क पाएको छ । आयोगले बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।

कार्यसम्पादन मूल्याङ्कन 081-082

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP