Trend

श्याम घिमिरे,
पुष २४ अर्घाखाँची-
अर्घाखाँची, गुल्मी र कपिलवस्तु गरी तीन जिल्लाका तिन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक अर्घाखाँचीमा पक्राउ परेका छन् । शृङखलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना र नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाँउ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

यी दम्पतीले यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारा बहखोरकी ६० वर्षीय राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीय जीवकला थापा र गएकै असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायव निरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । श्रीमतीसँग मिलेर हत्या गरेको बताएसंगै उनकी श्रीमती लाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दम्पतीलाई प्रहरीले आईतवार जिल्ला प्रहरी परीषर्मा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ परेका उनिहरुलाई अर्घाखाँची जिल्ला अदातलबाट म्याद थप लिई, थप अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP