Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
पुष २४ अर्घाखाँची-
अर्घाखाँची, गुल्मी र कपिलवस्तु गरी तीन जिल्लाका तिन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक अर्घाखाँचीमा पक्राउ परेका छन् । शृङखलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना र नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाँउ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

यी दम्पतीले यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारा बहखोरकी ६० वर्षीय राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीय जीवकला थापा र गएकै असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायव निरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । श्रीमतीसँग मिलेर हत्या गरेको बताएसंगै उनकी श्रीमती लाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दम्पतीलाई प्रहरीले आईतवार जिल्ला प्रहरी परीषर्मा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ परेका उनिहरुलाई अर्घाखाँची जिल्ला अदातलबाट म्याद थप लिई, थप अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP