Trend

माघ १०-बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो । गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।  यस्तै, बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिनुभयो । 

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ । भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक


TOP