Trend

अर्घाखाँची, ३ फागुन-
अर्घाखाँचीको शितगंगामा निःशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको अप्रेसन शिविर हुने भएको छ । सहकारीको सातौं सिद्धान्त समुदाय प्रतिको चासो र युवा परिषद्को सामाजिक उत्तरदायित्वको मर्म र भावनालाई आत्मसाथ गर्दै जिल्लाको विकट क्षेत्रको रुपमा चिनिने शितगंगामा नगरपालिका वडा नं. ७ जलुकेको लाहापे क्षेत्रका विपन्न वर्गहरुलाई लक्षित गर्दै फागुन १० गते एकदिने निशुल्क आँखा परिक्षण तथा मोतियाविन्दुको अप्रेसन शिविर हुने साथी सहकारीका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो ।

नेत्र ज्योति संघ अर्घाखाँचीको प्राविधिक सहयोग र भैरहवा आँखा अस्पतालका विशेषज्ञ डाक्टरहरुवाट निशुल्क आँखा परिक्षण, औषधी वितरण र मोतियाविन्दु अप्रेसन शिविर संचालन हुन लागेकोले समयमै उपस्थित भई मौकाको फाईदा उठाउन आयोजकले सबैलाई आग्रह समेत गरेक छ ।

अर्घाखाँचीको क्षेत्र लामाताल र प्युठानका समेत निम्न आए भई भैरहवा काठमाडौं जान नसक्ने अति विपन्न हरूका लागि शिविर महत्त्वपूर्ण हुने अर्घाखाँची युवा परिषद्ले जनाएको छ । शिबिर विहान ८ बजेदेखि लामातालमा सुरुहुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्कमा भएकाे बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरे

डढेलो – (इन्द्रबज्रा छन्द)

सन्धिखर्क नगरपालीकामा योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मियो

एमाले सनपा १० को अधिवेसन सम्पन्न- अध्यक्षमा मरासीनी

नेपाल प्रहरी: १ हजार एक सय ६५ जवान पदमा नयाँ भर्ना खुल्यो


TOP