Trend
बुधबार , फागुण ६, २०८२

अर्घाखाँची, ३ फागुन-
अर्घाखाँचीको शितगंगामा निःशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको अप्रेसन शिविर हुने भएको छ । सहकारीको सातौं सिद्धान्त समुदाय प्रतिको चासो र युवा परिषद्को सामाजिक उत्तरदायित्वको मर्म र भावनालाई आत्मसाथ गर्दै जिल्लाको विकट क्षेत्रको रुपमा चिनिने शितगंगामा नगरपालिका वडा नं. ७ जलुकेको लाहापे क्षेत्रका विपन्न वर्गहरुलाई लक्षित गर्दै फागुन १० गते एकदिने निशुल्क आँखा परिक्षण तथा मोतियाविन्दुको अप्रेसन शिविर हुने साथी सहकारीका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो ।

नेत्र ज्योति संघ अर्घाखाँचीको प्राविधिक सहयोग र भैरहवा आँखा अस्पतालका विशेषज्ञ डाक्टरहरुवाट निशुल्क आँखा परिक्षण, औषधी वितरण र मोतियाविन्दु अप्रेसन शिविर संचालन हुन लागेकोले समयमै उपस्थित भई मौकाको फाईदा उठाउन आयोजकले सबैलाई आग्रह समेत गरेक छ ।

अर्घाखाँचीको क्षेत्र लामाताल र प्युठानका समेत निम्न आए भई भैरहवा काठमाडौं जान नसक्ने अति विपन्न हरूका लागि शिविर महत्त्वपूर्ण हुने अर्घाखाँची युवा परिषद्ले जनाएको छ । शिबिर विहान ८ बजेदेखि लामातालमा सुरुहुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP