बुधबार १६ बैशाख २०८३

श्याम घिमिरे,
फागुन २१ अर्घाखाँची-

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीको ३१ औं साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । सनिवार सन्धिखर्कमा सम्पन्न अधिबेशनले कुशल भुसाल सभापति रहेको १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको महिला उपसभापतिमा प्रभा पाण्डे पोखरेल,उपसभापतिमा चन्द्र प्रसाद बन्जाडे,मन्त्रीमा तुल्सिराम पौडेल, कोषाध्यक्षमा हरि बहादुर के. सि.,उपमन्त्रीमा नवराज रायमाझी र सदस्यहरुमा क्रमशः शम्भु प्रसाद पोख्रेल ,छमा कार्की ,शारदा खनाल बि.क.,अम्बिका बेल्बासे श्रेष्ठ ,बसन्ता जि.सि.,बिष्णु प्रसाद पराजुली ,रुद्रलाल चुँदाली ,रुद्र प्रसाद पराजुली ,ज्ञान बहादुर बि.क.र बाबुराम खड्का सर्बसहमत रुपमा निर्वाचित भएका हुन ।

यसअधि कार्यक्रमको नेपाल सरकारका पुर्वउपप्रधान मन्त्री टोप बहादुर रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै रायमाझीले रेडक्रस जस्तो परोपकारी र सेवामुखी संस्थाले गर्ने हरेक कार्य सहारनीय रहेको बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी , प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जीव नारायण कोईराला, सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , भुमिकास्थान नगरप्रमुख झबिलाल थापा, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई , प्रमुख जिल्ल्ला अधिकारी मिना अर्याल, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली, रेडक्रस गुल्मीका सभापती राजेन्द्र प्रसाद श्रेष्ठलगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।

सभापति कुशल भुसालको अध्यक्षता र कैलास श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमा मन्त्री चन्द्र बन्जाडेले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष तुल्सीराम पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख,सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो ।


Last Updated on: August 24th, 2024 at 4:59 am
३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया