Trend
बिहिबार , असार २६, २०८२

श्याम घिमिरे,
चैत ११ अर्घाखाँची –

एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, भोली अर्घाखाँची आउनुहुने भएको छ । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न ओली चैत १२ गते आईतवार अर्घाखाँची आउने एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयो । ओली सँगै एमाले उपमहासचिव प्रदिप ज्ञवाली,बिदेश बिभाग प्रमुख राजन भट्टराई लगायतका नेताहरु जिल्लामा आउँने भुसालले बताउनुभयो ।

सन्धिखर्क १ मा रहेको संगम फुड ल्याण्डमा हुने कार्यक्रमकोलागी बिभिन्न समितिहरु निर्माणगरी कार्यक्रम व्यवस्थापनको तयारीमा जुटिरहेको र आजै बेलुकासम्म सबै तयारी पुराहुने भुसालको भनाई रहेको छ । प्रशिक्षण भेलामा पार्टी वडाकमिटी पदाधिकारी देखि माथिल्लो जिम्मेवारीका कार्यकर्ता संगै जनसंगठनको पालीका तहका पदाधिकारी भन्दा माथील्लो जिम्मेवारीमा रहेका  १५ सय भन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहने भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

प्युठानकाे जस्पुर बजारमा सुविधा सम्पन्न ‘त्रिदेव प्यालेस’ संचालन

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP