सोमबार १४ बैशाख २०८३

चैत २२ सन्धिखर्क –
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले बुधवार स्वागत तथा विदाई कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ । युनियन, अर्घाखाँचीले कर्मचारीहरुको हकहितको लागि आवाज बुलन्द गर्दै निजामती सेवा र सेवा प्रवाहको लागि सकारत्मक र रचनात्मक विभिन्न कार्यहरु गर्दै आई रहेको छ । नियमित कार्यक्रम अन्तर्गत सेवा प्रवेश गरी अर्घाखाँची जिल्लामा कर्मथलो बनाएर आउने नव आगन्तुक कर्मचारीहरुलाई स्वागत र सरुवा तथा निवृत भएर जानेहरुको लागि विदाई गर्ने गर्दछ ।

जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद आचार्य, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बुद्धिराज घिमिरे, मालपोत कार्यालयका नासु गंगा भुसाल, सरकारी वकिलका स.क.अ. लक्ष्मीनारायण चौधरी, नापी कार्यालयका अमीनद्वय नमुना खनाल र अवदेश महतो कोईरीको स्वागतका साथै जिल्ला निर्वाचन कार्यालयबाट जल तथा मौषम कार्यालय, रुपन्देही भैरहवामा सरुवा भएर जान लाग्नु भएका नि.जि.अ. रवि अर्यालको विदाई गरेको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, नेपाल निजामती संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भण्डारी र आधिकारिकका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सिबिएका कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत र सह–सचिव नारायण प्रसाद दमासेको संचालनमा सम्पन्न भएको थियो ।

 


Last Updated on: August 24th, 2024 at 4:57 am
२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया