बिहिबार ११ आषाढ २०८३

हृदय भुसाल,
बैशाख ८ अर्घाखाँची
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघियताका कारण मुलुकमा झन झन गंभिर अबस्था श्रृजना भई देश थप चुनौती पुर्ण स्थिीतीमा पुगेका कारण संघियता संकटमा परेको बताए । सता स्वार्थका लागी नेपालका राजनैतिक दलहरुले जे पनि गर्दा मुलुकमा बिभिन्न खालका समस्याहरु थपिदै गएको भन्दै अध्यक्ष केसीले शिक्षा,स्वास्थ्य र वेरोगारी समस्याले बिकराल रुप लिदै गएको बताए ।

गणतन्त्र,राष्ट्रियताको रक्षा,संघियताको खारेजीको लागी आन्दोलन,बातावरण सन्तुलन संगै समुन्नत अर्घाखाँचीको लागी पाँचौ जिल्ला अधिबेशन भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकोे ५ औ जिल्ला अधिबेशनको उद्घाटन गर्दे अध्यक्ष केसीले यस्तो बताएका हुन ।

अध्यक्ष केसी भने,‘संघियताको बिरोध गर्दा जनमोर्चाका कार्यकर्ता सम्मले ठाउँ ठाउँमा कुटाई खाए,म सदनमा एक्लै भए पनि फरक मत राखे,जनताको भावनालाई कसैले कहिल्यौ पनि बुझेनन,आज बल्ल गलत थियो भन्ने कुरा समयक्रमले बताउदै छ,देशमा आर्थिक संकट हुने परिस्थीती निमार्ण भईसकेको छ,पुँजीवादी संंघियता र गणतन्त्रले जनताको समस्या सामाधान होईन् कि झन जनतालाई भारी थप्न्ने काम बाहेक अरु गर्न सक्नेवाला छैन,फेरी एक पटक संघियता खारेजीका लागी जनता फेरी सत्यको पक्षमा न्याए र समानताका पक्षमा बलियो गरि उभ्भिनुपर्ने अबस्था श्रृजना भएको छ’।

पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य समेत रहेका केसीले नेपालमा संबिधान जारी भए पछि तिन तहका सरकारहरुले जनतालाई सेवाको उत्पादन र बिवरण सरल र सहज तरिकाले दिएका छन् त भनि प्रश्न प्रतिप्रश्न गर्ने बेला आएको भन्दै केसीले आज रुदै मिटरब्यजी मिडित हिड्दै राजधानी पुग्दा समेत प्रदेश सरकार र स्थानिय सरकारले के हेरीरहेको छन् गाउँ गाउँको सिहँदवार कहाँ छ, केसीले भने,।

विदेशी दलाल र पुँजीबादको कारण चुनाबमा अव निती कार्यक्रम बिचार र नेतृत्व भन्दा पनि पैसाको हिसाव किताबमा मात्र प्रतिनिधी चुनिन खोज्दै गर्दा नागरिकता नै नभएको ब्यक्ती लाई समते सांसद र गृह मन्त्री सम्म बनाउने परिस्थीमा पुगेको भन्दै अध्यक्ष केसीले बिकृती बिसंगतीको दिन प्रतिदिन मौलाउदै गएको बताए ।

सता प्राप्ती र अनेक खालका प्रलोभनका कारण राजनैतिक दलले राष्ट्र र राष्ट्रियलाई गभिर खत्रा हुने खालका बिभिन्न गतिबिधीहरु गर्दे जादा जनतामा पनि राजनीती प्रति बृतिष्णा उत्पन्न भई बिकल्प खोज्न लागेको केसीले बताए ।

बाजागाजा नाराजुसुस सहित सन्धिखर्क बजार परिक्रमा गरि सभाहलमा गरिएको औपचारिक खुल्ला सत्र कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शुरेस थापा, केन्दियहरु सदस्य झबिलाल थापा,सागर केसी प्रदेश सल्लाहकार शेर बहादुर बिसी,महिला संघका केन्द्रिय महासंचिव शकुन्तला राना, माओवादी केन्द्रका केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारी,नेकपा एमालेका प्रदेश सदस्य जर्र्नादन खनाल,नेपाली काग्रेसका जिल्ला उपसभापनि बिष्णु भुसाल,नेकपाका तुलाराम बस्याल,पत्रकार महासंघका अशोक खनाल,कर्मचारी संगठनका रामजी भट्टराई,लगायत पार्टीका बिभिन्न जनबर्गिय संगठनका नेताहरुले अबिधेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

अधिबेशन पार्टी जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत तथा सचिव बावुराम पन्थी सुनारको संचालन चलेको अधिबेशन दुई सम्म चल्ने राजमोले जनाएको छ ।


Last Updated on: August 24th, 2024 at 4:56 am
३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया