Trend

सन्धिपोष्ट ,
जेठ ५ अर्घाखाँची-

आधिकारिक ट्रेड युनियन सहित अन्य ट्रेड युनियनको संयुक्त आयोजनामा प्रमुख जिल्ला अधिकारी मीना अर्यालको बिदाई कार्यक्रम सम्पन्न भएको छ । चार महिना अघि मात्र अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँची आउनु भएकी प्रजिअ अर्यालको सुक्रवार एक कार्यक्रमका बिच बिदाई कार्यक्रम सम्पन्न भएको हो ।

विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा रहँदा वस्दा सबैबाट साथ सहयोग र समन्वयन भएकोले चार महिना कार्यकाल सुःखद रहेको भन्दै सहयोग गर्ने जिल्लाबासी सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो । अर्यालले यसरी सकरात्मक र रचनात्मक क्रियाकलाप गर्ने अर्घाखाँचीका सबै ट्रेड युनियनहरुलाई यस्तै क्रियाकलाप गर्न अग्रसर रहन भन्दै शुभकामना समेत दिनु भएको थियो ।

अर्घाखाँची जिल्लामा ईतिहाँसमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी अर्यालको कार्यकाल सफल रहेको उक्त कार्यक्रममा सहभागी विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुले बताउनुभएको थियो । अर्यालले जिल्लामा ट्रेड युनियनले सञ्चालन गरेको सेवाग्राहीको अभिवादन कार्यक्रमलाई कार्यालय प्रमुखको वैठकबाट निर्णय गराई लागु गराउनु भएको थियो । प्रजिअ अर्यालको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको अध्यागमन कार्यालयमा सरुवा भएको बताईएको छ ।

यसैबिच साथै सोहि कार्यक्रममै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले जिल्लाबाट आन्तरिक राजस्व कार्यालय बुटवलमा सरुवा हुनु भएका कर अधिकृत कमल सुवेदी, भैरहवा लुम्बिनी भूमीगत जलसिंचाई व्यवस्थापन कार्यालयमा सरुवा हुनु भएका क.अ. जगदिश्वर पाण्डेको विदाई र जिल्ला हुलाक कार्यालयमा लोकसेवाबाट नयाँ सिफारिस भई आउनु भएका खरिदार कृष्ण प्रसाद ज्ञवालीको स्वागत गरेको थियो ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र सिबिएका सह–सचिव नारायण दमासेको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, नेपाल निजामति कर्मचारी संगठनका अध्यष गणेश प्रसाद भण्डारी, राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष पूर्ण प्रसाद पराजुली, संगठनका जिल्ला सचिव माधव भुसाल, अस्थायी तथा ज्यालादारीका लुम्बिनी प्रदेशक उपाध्यक्ष सुदिप जिसीलगायत ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्कमा भएकाे बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरे

डढेलो – (इन्द्रबज्रा छन्द)

सन्धिखर्क नगरपालीकामा योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मियो

एमाले सनपा १० को अधिवेसन सम्पन्न- अध्यक्षमा मरासीनी

नेपाल प्रहरी: १ हजार एक सय ६५ जवान पदमा नयाँ भर्ना खुल्यो


TOP