Trend

श्याम घिमिरे,
जेठ २५ अर्घाखाँची –

प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीकालागी सञ्चारकर्मीहरुसंगको एकदिने अन्तरक्रिया कार्यक्रम आज बिहिवार सन्धिखर्कमा सम्पन्न भएको छ । समाजसेवा तथा बाताबरण संस्कृति संरक्षण समूह अर्घाखाँचीको आयोजना र आइपास नेपालको सहयोगमा सम्पन्न कार्यक्रमलाइ सहजीकरण गर्दे आइपास नेपालकी निति तथा शासन बिज्ञ माधबी बज्राचार्यले सुरक्षित गर्भपतन, ऐन कानुन, निति कार्यान्वयन, महिलाहरुको स्वास्थ अधिकार,गर्भपतन गराउन हुने / नहुने अवस्था , सुुरक्षित गर्भपतन गराउने सुचिकृत स्वास्थ्य संस्थाहरुको बारेमा प्रकाशपार्नु भएको थियो ।

संस्थाका कार्यकारी निर्देशक लक्ष्मी पौडेलको अध्यक्षता, संस्थाका पुर्ब अध्यक्ष तथा प्राबिधिक सल्लाहकार बाबुराम पौडेलको सञ्चालन र कार्यक्रम अधिकृत आदर्श अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले सुरक्षित गर्भपतन र संस्थाले गरेको कार्य लगायतका बिषयमा शुभकामना सहित मनतव्य राख्नुभएको थियो ।

जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा सुरक्षित गर्भपतन सम्बन्धी समाचार संकलन,लेखन र सम्प्रेषण लगायतका बिषयमा पत्रकारहरुलाई सहजिकरण गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP