Trend

श्याम घिमिरे,
जेठ ३२ अर्घाखाँची –
सन्धिखर्क नगरपालीका २ चुत्राबेसीमा रहेको सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा, शिक्षक अभिभावक तथा बिद्यार्थीहरूकालागि एक दिने अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । सन्धिखर्कमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा मोटिभेसनल स्पिकर डा.तारा जिले प्रशिक्षण सहित सहजीकरण गर्नुभएको थियो । अभिभाबक,शिक्षक र बिद्यार्थीहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रमा मुख्य प्रशिक्षक डा.तारा जिले शिक्षक अभिभाबक र बिद्यार्थीहरुको दैनिक जिवनमा आवश्यकपर्ने बिभिन्न बिषयहरुमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ अर्घाखाँचीका प्रमुख मनिराम पराजुली, बिद्यालयका कम्पनी रजिष्टर अध्यक्ष हुमा बन्जाडे,शिक्षक अभिभाबक संघका अध्यक्ष तुल्सी खनाललगायतले शुभकामना मनतब्य राख्नुभएकोथियो । बिद्यालयका प्रिन्सिपल टेकबहादुर थापाको अध्यक्षता र सहकायक प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगरपालीका ४ नम्वर वडाअध्यक्ष बाबुराम पन्थी,बिद्यालय व्यवस्थापन समितिका सदस्य डिलाराम भुसाल,एनप्यावसन अर्घाखाँचीका अध्यक्ष थम्मन केसीलगायतको उपस्थिति रहेको थियो ।

मोटिभेसनल कार्यक्रममा सहभागीहुनपाउँदा शिक्षक अभिभावक तथा बिद्यार्थीहरू खुसि हुदै, यस प्रकारको कार्यक्रमले आफुहरुको दैनिक जिवनमा धेरै कुराहरुमा सकरात्मक परिबर्तन आउने बिस्वास समेत व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP