Trend

के पी भुसाल ‘अजस’

हुर्केको मैले भिर र पाखा , हेरेर डुलेर,
खेलेको मैले प्रकृति संगै, हाँसेर भुलेर,
दिग्दारी लाग्छ खैआज किन तीदिन संझेर,
झर्नाको पानी पिपलु छायाँ झलक्क संझेर,

लेक र बेशी गर्दा र डुल्दा थियोनि उल्लास,
जोभोगें मैले नदेख्दा ऐले, लाग्दछ निरास,
चलन चल्ती जोथिए पैला, तिनैको बयान,
गर्दछु बिस्तार मनले ऐले , दिएर सम्मान,

दारिम तिजु मै खान्थें हेर, आफैले टिपेर,
मेटाइ प्यास मूलको पानी , हातले पिएर,
जामुनो आँप फनेल टिप्दा, मुखमा सरर,
काफल खान्थें रूखमा चढि थाकल खनेर,

बिडुँलो राजु म्याल र फोर्सो,सिम्ठा र भरलो,
ऐँसेलु वयर् घुँगरी चोत्रो, गोइफल् भलायो,
अर्चल पैयो पुरेनी कटुस् अमला पिपल,
खाएको याद आउछ सारै कौवा को काफल,

खनिउँ आरु बखडा किम्मु फलमा पोषिला
सिमली कान भुटुक फल, गर्मीमा रसिला,
कैराला फूल काब्राका ठोंसा,घाँसका जातको,
खोजेर खाँन परस हुन्थ्यो, अचार रुढाको,

जरा र डाँठ सुङ् रेको खाँदा,गर्मीमा सितल,
पाकेको चिउरी गुलियो चुस्दा,यो ज्यान भिम्मल,
तितो न तितो असुरो मुन्टा, फूलता गुलियो,
धाइरो फूल घुर् पिस फूल,चुसेर भुलियो,

सानोम सानो कापोको फूल, र चरि अमिलो,
पाकेको टोंटे संझदा ऐले, हुन्छमन् धमिलो,
अँगेरी काली कुतली कोसा, फोकेर खाएको,
संझना आउँछ झलक्क ढुङ्रे,खाजा नि खाएको,

बनमा मिल्थे ती गोल काँक्री,ससाना रसिला,
काठेका फल जङ्ग्ल भित्र, खानमा अमिला,
डुमरी पनि खाएको याद,सारै नै आउँछ,
जरिङ्गो बैगुन स्थानिय राम्रा,संझना गराउँछ,

बोहरी फूल खोलेसाग् सिस्नु, निउरो कुरिलो,
कुथ्रुर्को ठोंसा हलले साग,सफा र करिलो,
भ्याकुर गिठा वनको तरुल,खोज्नमा सजिला,
पाइन्थे सबै भिर र पाखा, खानमा पोषिला,

पाइन्छ ऐले अनेक चिज, र वर्णसङ्कर ,
खोज्दैन कोही वनमा ऐले, पस्दछन् शहर,
आजको युग वैज्ञानिक युग, धेरै भो विकास,
सजिलो हुन्छ बुझेमा कुरा, पाइन्छ निकास ।।

प्रकाशन मिति : २०८० असार १४

कृपया पुरै पढेर कमेन्ट गरिदिनुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP