Trend

श्याम घिमिरे,
असार १८ सन्धिखर्क –

सन्धिखर्क नगरपालिका २ नम्वर वडा कार्यालयको आयोजनामा फलफुल तथा फुलका बिरुवा रोपण कार्यक्रमको शुभारम्भ भएको छ । आ.व २०७९/८० को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिकाको कार्यक्षेत्र भित्र पर्ने विभिन्न स्थानहरुमा फलफुल तथा फुलका बिरुवा रोपण कार्यको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सफा सुन्दर र हरियाली नगर निर्माण गर्न यस प्रकारको अभियानले महत्वपुर्ण भुमिका निर्वाहगर्ने बताउनुभयो । स्वस्थ्य जिवन जिउनकोलागी बातावरण स्वच्छ हुनुपर्ने भन्दै श्रेष्ठले नगरलाई स्वच्छ,हराभरा र सुन्दर बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

सन्धिखर्क नगरपालीका २ नम्वर वडाअध्यक्ष मोतिजंग रायमाझीको अध्यक्षता र वडासचिव पुष्पा भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य,प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल ,रोजगार संयोजक हिरामणी पराजुलीलगायले एकसाथ वृक्षा रोपण गरी हरीयाली र सुन्दर नगर बनाउन सबै लाग्नुपर्नेमा जोडदिनुभयो ।

२ नं वडा कार्यालयको नवनिर्मित वडाकार्यालय भवन परिषर् सहित मुख्य सडकहरुको साईडमा बिभिन्न परजातिका करीब ६ हजार फलफुल तथा फुलका बिरुवा रोपण गरीने वडाअध्यक्ष रायमाझीले जानकारी दिनुभयो । कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि,वडाका जनप्रतिनिधि,टोलसुधार समितिका प्रतिनिधि,पत्रकारसहित स्थानिय बासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP