Trend

भदौ ६, २०८०  – भारतले पठाएकाे चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएकाे छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएकाे हाे । याेसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेकाे छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो ।

अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP