Trend

श्याम घिमिरे, भदौ १८

अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालीका ९ गोखुङ्गाको लादेकापोखरा भन्ने स्थानमा सोमवार दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको हो । ज्यान जानेमा मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानी (सल्लेनधारा) निवासी २० वर्षीय मिलन खनाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिनुभयो । खनालको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै चट्याङ लागेर अन्य चारजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा सोहि ठाँउ निवासी २० बर्षीय दामोदर खनाल, २५ बर्षीय जेमबहादुर पुन, २२ बर्षीय चन्द्र बहादर पुन र २५ बर्षीय लिलबहादुर पुन रहेका छन । घाइते चारै जनालाई अर्घाखाँची अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP