मंगलबार १९ जेठ २०८३

श्याम घिमिरे,
भाद्र २३ अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वडानं.२, चुत्रावेसीमा रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला सशक्तिकरण तथा तीज विशेष कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान पर्ब हरीतालीका तिजको अवसरपारी सहकारीले महिला सशक्तिकरण तथा तीज विशेष दर खाने कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दे सन्धिखर्क नगरउपप्रमुख मिश्रा आचार्यले त्रिबेणी सहकारीले कला संस्कृतिको जगेर्ना संगै महिला सशक्तिकरणको क्षेत्रलाई प्राथमिकता दिई तीज विशेष कार्यक्रम आयोजना गरेको भन्दै सहकारीको मुक्त कण्ठले प्रसंशा गर्नुभयो । आचार्यले हरेक सामाजिक क्षेत्रमा सहकारीले उल्लेखनिय भुमिका निर्बाह गरेको बताउदै आगामी दिनमापनि सहकारीको माध्यमबाट देश बिकासमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम त्रिबेणी सहकारीका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, बसन्ता पाैडेल को स्वागत मनतव्य र मिरा केसी सेजवालको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा सहकारीका शेयर सदस्यहरुले मौलिक संस्कृति झल्कीने खाले तिज गित सहित नृत्य प्रस्तुत गरी सबैलाई छमछमि नचाएका थिए । २०६८ सालमा स्थापना भएको सहकारीमा अहिले एघारसय शेयरसदस्यहरु आवद्ध रहेको सहकारीका व्यवस्थापक तुल्सीराम खनालले जानकारी दिनुभयो ।

 


Last Updated on: August 24th, 2024 at 4:35 am
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया