Trend
बिहिबार , असार २६, २०८२

श्याम घिमिरे,
भदौ २४ अर्घाखाँची

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जनअपेक्षा अनुसार प्रहरीले सेवा दिने बताउनुभएको छ । जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुसंग आईतवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा भएको परीचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख राठौरले यस्तो बताउनु भएको हो ।

केहिदिन मात्र सरुवा भई अर्घाखाँची आउनुभएका प्रहरी प्रमुख राठौरले बिधिको शासन कायम गर्न आफु प्रतिवद्ध रहेको भन्दै यसका लागि सवै पक्षको साथ र समर्थनको अपेक्षा गरेको बताउनुभयो । कानुन बिपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउने भन्दै उहाँले आफु जिल्लामा रहुन्जेल पूर्वाग्रह बिना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राठौरले जिल्लामा शान्तिसुरक्षा कायम गर्न र बिभिन्न खाले अपराधहरुलाई न्युनिकरण गर्न पत्रकारसंग सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनुभयो ।

जिल्लामा रहेका क्रियाशिल सञ्चाकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले प्रहरी र पत्रकार बिच नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै सकरात्कम सोचका काम गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा जिल्लाको समसामयिक शान्ती सुरक्षाको वस्तुस्थिती, स्थानिय स्तरमा सुरक्षासंग सम्बन्धित समस्याहरुलगायतका बिषयबस्तुमा छलफल समेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

गजल

प्युठानकाे जस्पुर बजारमा सुविधा सम्पन्न ‘त्रिदेव प्यालेस’ संचालन

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल


TOP