Trend
बिहिबार , असार २६, २०८२

श्याम घिमिरे,
भदौ ३० सन्धिखर्क
सन्धिखर्क नगरपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा कार्यक्रम सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता र राजश्व शाखाका प्रमुख मुक्तिराम खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल,वडानं ७ का अध्यक्ष चुरा केसी,पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा योजना शाखा प्रमुख दिलिप केसिले आर्थिक वर्ष ०७९/८० मा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नगरले हालसम्म गरेका उत्कृष्ट कार्यहरु सहित बिकास निर्माण सम्बन्धी समसामयिक बिषयमा जानकारी गराउनु भएको थियो । श्रेष्ठले नगरपालीकाले बिकास निर्माणमा बिस्तारै फड्को मार्दे गएको समेत बताउनु भएको थियो । कार्यक्रममा वडाअध्यक्ष,कार्यपालीका सदस्य,नगरसभा सदस्य, बिभिन्न शाखाका प्रमुख,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

प्युठानकाे जस्पुर बजारमा सुविधा सम्पन्न ‘त्रिदेव प्यालेस’ संचालन

गजल


TOP