Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
१० असोज अर्घाखाँची

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जनतासंग माओवादी केन्द्र रुपान्तरण अभियान अन्तरगत समाजवाद उन्मुख आर्थिक समृद्धिको बैचारिक एवं व्यवहारीक पक्ष विषयक अन्तरक्रिया कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ । अन्तरक्रियामा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं तिन महिने अभियानका अर्घाखाँची जिल्ला इन्चार्ज बामदेव क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अर्घाखाँची बारका अध्यक्ष केबि भुसाल,पाणिनी बहुमुखि क्याम्पसका उपप्रध्यापक माधवराज चुँदाली र साथी सहकारीका संस्थाका अध्यक्ष प्रकाश भुसालले कार्यपत्र माथी टिप्पणी गर्नुभएको थियो ।

(माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीका संयोजक राजेन्द्र भुसालको अध्यक्षता, पार्टी सन्धिखर्क नगर अध्यक्ष कृष्णहरी भुसालको स्वागत मनतव्य र रामलाल पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य लिलाधर बस्याल,एमाले जिल्ला उपसचिब शम्भु पोख्रेल,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष हरीप्रसाद भुसाल,नेकपा एसका अध्यक्ष रामबहादुर चौहान,राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसीलगायतका बक्ताहरुले कार्यपत्रमाथी टिप्पणी गर्दे आआफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेता,पत्रकार कानुन ब्यबसायी,प्राध्यापक, उद्योगी व्यवसायीका प्रतिनिधिलगायत सरोकारवाला पक्षहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP