Trend

श्याम घिमिरे, असोज १८
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले अहिलेको सरकार जनताकोलागी नबनेको बताउनु भएको छ । बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा आयोजना गरीएको छलफल तथा अन्तरक्रिया कार्यक्रमा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । श्रेष्ठले अहिलेको सरकार दिनदाहाडै खुँडा हान्ने मान्छेलाई आममाफी दिन, प्रहरी अधिकृत र न्यायाधिशलाई सरुवा गर्न र आफ्नो सत्ता टिकाइराख्नको लागीमात्र बनेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फवाट प्रतिनिधि सभामा सचेतक समेत रहनु भएका श्रेष्ठले आफुहरु पवित्र भावनाले राजनितिमा आएको भन्दै खबरदारी गर्न सबैलाई आग्रह गर्नुभयो । राम्रो काम गर्नेलाई धन्यवाद दिनुनै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख बाद भएको भन्दै श्रेष्ठले नेपाली जनताले धेरै बाद र बिचार हेरेको तर तिनिहरुबाट राष्ट्र र राष्ट्रीयताको पक्षमा राम्रो काम नभएपछि जनताको पक्षमा कामगर्न रास्वपाको स्थापना भएको बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन अधिकारी, लुम्बिनि प्रदेश इन्चार्ज गणेश पौडेल,सन्धिखर्क काठमाण्डौ सम्पर्क मञ्चका संयोजक सिता पराजुलिलगायतले मनतव्य राख्नु भएको थियो । कार्यक्रम सन्धिखर्क नगर सचिब प्रकाशचन्द्र आचार्यको सञ्चालन र जिल्ला पार्टी संयोजक हरिप्रसाद भुसालको स्वागत मनतव्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP