Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
असोज २१ सन्धिखर्क,

उद्योग व्यापार संघ अर्घाखाँचीको दोस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सनिवार सन्धिखर्कमा सम्पन्न अधिवेशनले तारा बहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध रुपमा निर्वाचित गरेको छ । जसको वरीष्ठ उपाध्यक्षमा रामहरी भुसाल, उद्योग तर्फको उपाध्यक्षमा मधुबिक्रम शाह,महासचिवमा रमेश अधिकारी,कोषाध्यक्षमा बिमला भुसाल, सचिवमा रुक्मणी पराजुली र सहकोषाध्यक्षमा दामोदर पाण्डे निर्वाचित हुनुभएको हो । यस्तै समितिको सदस्यहरुमा बलराम भुसाल,गणेश भुसाल,प्रेम सुनार, अनवर अलि,प्रेम नारायण न्यौपाने,निजामदिन अलि,मानबहादुर थापा,पम्फा भुसाल केशब सुनार र हरी जिसी रहनु भएको छ ।

अधिवेशनले लक्ष्मण खड्काको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको गठन पनि गरेको छ । जसको सदस्यमा चिरन पराजुली र ठाकुर आचार्य रहनुभएको छ । यस्तै अधिवेशनले महेन्द्र कुमार भुसाल,जितबहादुर बिश्वकर्मा र बाबुराम आचार्यलाई सल्लाहकार सदस्यमा चयन गरेको समितिका अध्यक्ष तारा बहादुर सुनारले जानकारी दिनुभयो । यसअघि सनिवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले अधिवेशनको एक भव्य कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP