Trend

श्याम घिमिरे,
कार्तिक १८ अर्घाखाँची

त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २, को १२ औं बार्षिक साधारण सभा सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख श्रेष्ठले सहकारीहरुले आफ्नो गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । श्रेष्ठले सहकारीहरु धेरै नभइ थोरै र गुणस्तरीय हुन आवश्यक रहेको भन्दै जिल्लामा ठुलो संस्था निर्माणकोलागी सहकारीहरु मर्जमा जानुपर्नेमा सबै सहकारीहरुको ध्यानाकार्षण पनि गराउनुभयो ।

पछिल्लो समय देशमा सहकारी आतंक बढीरहेको भन्दै श्रेष्ठले सहकारीले शेयर सदस्यको लगानीको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । बाहीरी जिल्लामा सहकारी आतंकका समस्या आउने गरेको भएपनि अर्घाखाँचीमा यस्ता समस्या नआउनेमा आफु विस्वस्त रहेको श्रेष्ठको भनाई छ । श्रेष्ठले नगरपालीका सहकारीको बिकासकोलागी सहयोग गर्न तयार रहेको समेत प्रष्ट पार्नुभयो । श्रेष्ठले त्रिवेणी सहकारीले गरेका कामहरु प्रशंसनीय रहेको भन्दै आगामी दिनहरुमापनि प्रशंसनिय काम गर्न आग्रह गर्नुभयो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष कमल प्रसाद घिमिरे, कोषाध्यक्ष टोपलाल खनाल, लेखा सुपरिवेक्षण समितिका चोपनारायण बन्जाडे र व्यवस्थापक तुल्सीराम खनालले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सन्धिखर्क २ नम्वर वडाअध्यक्ष मोतिजंग रायमाझी,जिल्ला सहकारी संघका उपाध्यक्ष लक्ष्मण कँडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दोर्ण प्रसाद भुसाल, पत्रकार महासंघका सचिव बिनोद गैरैलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैबिच सहकारीले साधारणसभाको अवसर पारी जेष्ठ सदस्य कृष्णप्रसाद पोख्रेललाई सम्मान गरेको छ ।सहकारीले माया आले, टेकराज पुनमगर, फर्सुराम भुसाल, पवित्रा सापकोटा, ओम बहादुर रोका, शिव प्रसाद बन्जाडे, उमेश भुसाल र तुल्सा खत्रीलाई असल कारोवारीको रुपमा सम्मान गरेको छ । यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये सुविन बेल्बासे, आकृति सापकोटा, डेबिट खनाल र अनु बेल्वासेलाई विद्यार्थी सम्मान कार्यक्रम अन्र्तगत सम्मान गरेको छ भने पत्रकारीताको क्षेत्रबाट संस्थालाई सहयोगगर्ने पत्रकार नविन बिकलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ ।

कार्यक्रममा प्रत्येक महिनाको पहिलो मालिक सम्मान संगै उत्कृष्ट कर्मचारीको रुपमा  साकोसको कार्यालय सहायक विधाता श्रेष्ठलाई सम्मान गरीएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मनतब्य र सचिब नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

२०६८ सालमा स्थापित संस्थामा हाल शेयर सदस्य र बाल सदस्य गरी १२ सय ४८ जना शेयर सदस्यहरु आबद्ध रहेका छन भने करिब १७ करोडको कुल पुँजी रहेको छ । यस्तै १० करोड २१ लाखभन्दा माथी ऋण लगानी , १० करोड ५२ लाख बचत र ३ करोड ५२ लाख शेयर पुँजी रहेको सहकारीले जनाएको छ । १ करोड ६ लाख रुपैया जगेडा कोष रहेको संस्थाले ९.३ प्रतिशत लाभांस रकम बितरण गरेको संस्थाका व्यवस्थापक तुल्सी खनालले जानकारी दिनुभयोे । संस्थाले बिभिन्न सामाजीक कार्य संगै सचेतनामुलक गतिबिधिहरु समेत सञ्चालन गर्दे आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP