Trend

मंसिर ६, फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ । मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २-० गोलको अन्तरले पराजित भएकाे हाे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि यमनले दोस्रो हाफमा २ गोल गरेकाे थियाे।  यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४-० गोलको अन्तरले पराजित भएको थियो ।

नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह ‘एच’ मा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्वकप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई


TOP