
मंसिर ७, नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा छुट्टा छुट्टै प्रदर्शन गर्दे छन् । प्रदर्शनका लागि उनीहरूको र्याली निस्किन सुरु भएको छ । कडा सुरक्षाबीच उनीहरूको प्रदर्शन सुरु भएको हो ।

युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ । युवा संघले तीनकुने र प्रसाई संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् ।
यसैबीच, दुवै पक्षको प्रदर्शन अनियन्त्रित हुनसक्ने आंकलन गर्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना रहेको छ । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको प्रशासनले जनाएको छ ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
फाेटा : बिभिन्न अनलाइनबाट