Trend

श्याम घिमिरे
२१ मंसिर- अर्घाखाँचीमा पत्रकार आचारसंहिता जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको संयोजन र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा बिहिबार सन्धिखर्कमा पत्रकार आचारसंहिता जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरदप्रसाद अधिकारीले प्रेस काउन्सिलले पत्रकार आचारसंहिता उलंघनका बिषयमा उजुरी सुन्ने र उजुरी उपर अध्ययन अनुसन्धान गरी आबश्यक कारवाही गर्ने बताउनु भयो । सञ्चार माध्ययमले आचारसंहिता पुर्णरुपमा पालना गरे नगरेको बिषयमा प्रेस काउन्सिलले अनुगमन गर्ने गरेको भन्दै अधिकारीले सञ्चार माध्यम र पत्रकारिता क्षेत्रको बिकासका लागी काउन्सिलले जागरण अभियान गरेको बताउनुभयो । सञ्चार माध्यमलाई मार्यादित तथा जिम्मेवार बनाउन प्रेस काउन्सिलको भुमिका निकै महत्वपुर्ण रहेकोले पेशागत आचरण र नैतिकतालाई ध्यानमा राखि स्वस्थ ,स्वच्छ ,स्वतन्त्र र मर्यादित पत्रकारिता गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

अर्का बोर्ड सदस्य ठाकुर बेल्वासेले पे्रस काउन्सिल ऐन,२०४८ मा उल्लेख गरिएका व्यवस्थाहरु संगै पत्रकार आचारसंहिता, बाल सञ्चार निर्देशिका २०७३,अपाङ्गमैत्री सञ्चार निर्देशिका २०७३,महिला उत्तरदायी सञ्चार निर्देशिका २०७६ र जेष्ठ नागरिक मैत्री सञ्चार निर्देशिका २०७८ मा उल्लेख भएका कानुनी व्यवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । बेल्बासेले सञ्चार माध्यमहरुले समाचार वा कुनै बिषयबस्तु प्रकाशन तथा प्रशारण गर्दा हुने कमिकमजोरीका बारेमा सहजीकरण गर्नुको साथै आचारसंहितालाई सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकार वा सञ्चार माध्यमले आचारसंहिता बिपरित समाचार प्रकाशन वा प्रशारण गरेकै कारण व्यक्ति ,समुह वा संस्थालाई मर्का परेको भन्ने लागेमा सम्बन्धीत सञ्चार माध्यम समक्ष लिखित गुनासो,खण्डन,वा स्पष्टिकरण प्रस्तुत गर्नुपर्ने कानुनी ब्यवस्था रहेको बताउनुभयो । भुसालले सञ्चारमाध्यमले चितबुझदो जवाफ वा स्पष्टिकरण नदिएमा पिडित पक्षले प्रेस काउन्सिलमा उजुरी पेस गर्न सक्ने प्रावधान रहेको पनि बताउनु भयो । भुसालले प्राकृतिक प्रकोप, बिपत्ती,बिभिन्न किसिमका आन्दोलन र चाडपर्बको समयमा बढीमात्रमा आचारसंहिता उलंघन हुने गरेको भन्दै त्यो बेला सबै पक्ष सचेत र सजक रहनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले नेपालको संबिधानले सञ्चार जगतलाई मैलिक हकमै समाहित गरेकोले लेखनशैलि, भाषा र शब्दलाई मर्यादित एवं व्यवस्थित र तथ्यपुर्ण रुपमा राख्नु पर्ने बताउनुभयो । ढकालले प्रेस काउन्सिलले आमसंचार र सरकारबिच पुलको रुपमा काम गर्दे आएकोपनि स्मरण गराउनुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरद प्रसाद अधिकारीको अध्यक्षता नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको स्वागत मनतब्य र सहसचिब हृदय कुमार भुसालको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्षद्धय शोभाखर पन्थी,हिम बहादुर जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा इश्वरी बक्स गुल्मका गुल्मपति महेश्वर थापा,सशस्त्र प्रहरी नायव निरिक्षक भिमसेन थापा,प्रहरी निरिक्षक बिक्रम रिजाल,प्रमुख अनुसन्धान अधिकृत इश्वरी आचार्य,बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी बिभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधी,मिडिया सञ्चालक, सम्पादक तथा मिडियाकर्मिहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP