Trend

श्याम घिमिरे,
पुष ६ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका, २ मा रहेको शिद्धेश्वर शिवालय मन्दिरमा आवासीय रुपमा बस्दै आएका पाणिनि वेद विद्याश्रमका वटुकलाई सन्धिखर्क नगरपालीका वडानं १२ ले खाद्य सामाग्री सहयाेग गरेको छ । उक्त सामाग्री सुक्रवार एक कार्यक्रमका बिच १२ नं वडाका वडाअध्यक्ष नारायण खड्काले हस्तान्तरण गर्नुभएको हो । वडाले बिद्यायलयमा अध्ययनरत वटुक र शिद्धेश्वर शिवालयमा आवासीय रुपमा बस्दै आएका मन्दिरका पुजारीलगायत अन्य कर्मचारीलाई दैनिक भोजनको लागि खाद्य सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा मनतब्य राख्दै वडाअध्यक्ष खड्काले लोपहुन लागेको संस्कृत भाषालाई जगाउन पाणिनि वेद विद्याश्रमले अहम भुमिका निर्वाह गरेको भन्दै संस्कृतिको रक्षा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । खड्काले यस प्रकारको महान कार्यमा सहयोग गर्न सबैलाइ आग्रह पनि गर्नुभयो । उहाँले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वडाले दैनिक भोजनकोलागी आबश्यक पर्ने चामल, दाल ,तोरीको तेल,चिनि,चिउरा,बिस्कुट लगायत अन्य खाद्य सामाग्री गरी रु ५० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेको वडासचिव गगन कुमार आचार्यले जानकारी दिनुभयो । कक्षा १० सम्म संस्कृत बिषय पढाई भईरहेको पाणिनि वेद विद्याश्रममा हाल ३५ जना बिद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक भेषराज पौडेलले बताउनुभयो । बिद्यार्थी संगै बिहान साँझ गरि दैनिक झण्डै ८० जनाले भोजन गर्ने मन्दीरका पुजारी केशब आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालीका १ नं.वडाका वडाअध्यक्ष माधव प्रसाद श्रेष्ठ, सामाजिक तथा धार्मीक व्यक्तित्वहरु लक्ष्मीनारायण चुँदाली,डिलाराम भुसाल,राजकुमार श्रेष्ठ,शान्ता खत्रि,पुष्पा भुसाल,पुरुषोत्तम पौडेललगायतको उपस्थिति रहेको थियो । ।

यसैबिच खाद्य सामाग्री सहयोग गर्ने १२ नं. वडा कार्यालयलाई पाणिनि वेद विद्याश्रम तथा शिद्धेश्वर शिवालय सञ्चालक समितिले धन्यबाद ज्ञापन गरेको छ । समितिका सचिव कृष्णप्रसाद भुसालले पबित्र कार्यमा मनैदेखी सहयोग गर्ने १२ नं. वडा कार्यालय लगायत सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक आभार सहित धन्यबात प्रकट गर्नु भएको छ । भुसालले सहयोग गर्न चाहाने अन्य संघसंस्था तथा महानुभावहरुलाई सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP