Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
पुष ६ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका, २ मा रहेको शिद्धेश्वर शिवालय मन्दिरमा आवासीय रुपमा बस्दै आएका पाणिनि वेद विद्याश्रमका वटुकलाई सन्धिखर्क नगरपालीका वडानं १२ ले खाद्य सामाग्री सहयाेग गरेको छ । उक्त सामाग्री सुक्रवार एक कार्यक्रमका बिच १२ नं वडाका वडाअध्यक्ष नारायण खड्काले हस्तान्तरण गर्नुभएको हो । वडाले बिद्यायलयमा अध्ययनरत वटुक र शिद्धेश्वर शिवालयमा आवासीय रुपमा बस्दै आएका मन्दिरका पुजारीलगायत अन्य कर्मचारीलाई दैनिक भोजनको लागि खाद्य सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा मनतब्य राख्दै वडाअध्यक्ष खड्काले लोपहुन लागेको संस्कृत भाषालाई जगाउन पाणिनि वेद विद्याश्रमले अहम भुमिका निर्वाह गरेको भन्दै संस्कृतिको रक्षा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । खड्काले यस प्रकारको महान कार्यमा सहयोग गर्न सबैलाइ आग्रह पनि गर्नुभयो । उहाँले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वडाले दैनिक भोजनकोलागी आबश्यक पर्ने चामल, दाल ,तोरीको तेल,चिनि,चिउरा,बिस्कुट लगायत अन्य खाद्य सामाग्री गरी रु ५० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेको वडासचिव गगन कुमार आचार्यले जानकारी दिनुभयो । कक्षा १० सम्म संस्कृत बिषय पढाई भईरहेको पाणिनि वेद विद्याश्रममा हाल ३५ जना बिद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक भेषराज पौडेलले बताउनुभयो । बिद्यार्थी संगै बिहान साँझ गरि दैनिक झण्डै ८० जनाले भोजन गर्ने मन्दीरका पुजारी केशब आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालीका १ नं.वडाका वडाअध्यक्ष माधव प्रसाद श्रेष्ठ, सामाजिक तथा धार्मीक व्यक्तित्वहरु लक्ष्मीनारायण चुँदाली,डिलाराम भुसाल,राजकुमार श्रेष्ठ,शान्ता खत्रि,पुष्पा भुसाल,पुरुषोत्तम पौडेललगायतको उपस्थिति रहेको थियो । ।

यसैबिच खाद्य सामाग्री सहयोग गर्ने १२ नं. वडा कार्यालयलाई पाणिनि वेद विद्याश्रम तथा शिद्धेश्वर शिवालय सञ्चालक समितिले धन्यबाद ज्ञापन गरेको छ । समितिका सचिव कृष्णप्रसाद भुसालले पबित्र कार्यमा मनैदेखी सहयोग गर्ने १२ नं. वडा कार्यालय लगायत सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक आभार सहित धन्यबात प्रकट गर्नु भएको छ । भुसालले सहयोग गर्न चाहाने अन्य संघसंस्था तथा महानुभावहरुलाई सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP