Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
पुस २१ अर्घाखाँची,
लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले समृद्ध नेपाल निर्माणकोलागी सहकारीको आवश्यकता अपरीहार्य रहेको बताउनु भएको छ । अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभाको सनिवार सन्धिखर्कमा उद्घाटन गर्दे घिमिरेले यस्तो बताउनु भएको हो । घिमिरेले सहकारी अभियान राष्ट्रको समृद्धिको अभियान भएको भन्दै सहकारी मुलुकको आर्थिक समृद्धिको लागी नभई नहुने अंग भएकोले यसको बिकासकालागी सबै क्षेत्रको सहयोगको आबश्यकता रहेको समेत बताउनु भयो । उहाँले सहकारीलाई कृषि क्षेत्र संगै बिभिन्न आयआर्जनको क्षेत्रमा कामगर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरउपप्रमुख मिश्रा आचार्य,जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल, कृषि सहकारी संघका जिल्ला अध्यक्ष लक्ष्मण कँडेल, पत्रकार गोपाल भट्टराईलगायतले शुभकामना मनतब्य राख्दै सहकारी बिकासको अभियानमा सबैको भुमिका रहनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बचत संघका अध्यक्ष दोर्ण प्रसाद भुसालले आगामी नीति तथा कार्यक्रम सहितको प्रगति प्रतिबेदन र लेखा समितिका संयोजक जगत आचार्यले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष दोर्ण भुसालको अध्यक्षता,उपाध्यक्ष पार्बती भुसालको स्वागत मनतव्य र सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघमा ३२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP