Trend
सोमबार , मंग्सिर ३०, २०८२

माघ ४ – पाकिस्तानले इरानमाथि जवाफी आक्रमण गरेको छ । इरानले पाकिस्तानमाथि आक्रमण गरेको एक दिनपछि आज पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

पाकिस्तानले गरेको आक्रमणमा ३ महिला, ४ बालबालिका र २ पुरुष गरी ९ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

इरानले हिजो पाकिस्तानमा आतङ्कवादी सङ्गठन जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा २ जना बालबालिकाको ज्यान गएको थियो र ३ जना बालबालिका घाइते भएका थिए ।

यसैबीच इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने बताउनुभएको छ । यस्तै अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । अमेरिकी विदेशी मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इरानले पछिल्ला केही दिनमा आफ्ना ३ छिमेकीको सार्वभौम सीमा उल्लङ्घन गरेको बताउनुभएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP