Trend

माघ ७,अमेरिकाको अन्तरिक्ष एजेन्सी नासा र एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी लकहिड मार्टिनले सुपरसोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ । ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले जनाएको छ ।

नासाका अनुसार यो विमान ध्वनिभन्दा १ दशमलव ४ गुणा छिटो अर्थात् प्रतिघण्टा १४ सय ८८ किलोमिटरको दूरीमा उड्न सक्छ । अरू यात्रुवाहक र कार्गो जहाज ३५ हजार फिटसम्म मात्रै उड्ने गरेकोमा यो विमान ५५ हजार फिटको उचाइमा उड्नेछ ।

यसअघिसम्म अमेरिकालगायत अन्य देशले तीव्र गतिको ध्वनिका कारण मानव बस्तीमा असर पर्न सक्ने भन्दै ५० वर्षदेखि सुपरसोनिक विमानको उडान परीक्षणमा प्रतिबन्ध लगाएका थिए । नासाले उडानको कम्रमा कम ध्वनि निकाल्ने गरी विमानको डिजाइन गरिएको जानकारी दिएको छ ।

नासाका अधिकारी पाम मेलरायले यो वर्षको अन्त्यमा एक्स ५९ ले पहिलो पटक परीक्षण उडान भर्ने बताउनुभएको छ । यो विमानको लम्बाइ ९९ दशमलव ७ फिट र चौडाइ २९ दशमलव ५ फिट रहेको छ । मेलरायले परीक्षण उडान सफल भएपछि अमेरिकाका विभिन्न सहरमा एक्स ५९ ले उडान भर्ने बताउनुभएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP