Trend

माघ ७,अमेरिकाको अन्तरिक्ष एजेन्सी नासा र एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी लकहिड मार्टिनले सुपरसोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ । ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले जनाएको छ ।

नासाका अनुसार यो विमान ध्वनिभन्दा १ दशमलव ४ गुणा छिटो अर्थात् प्रतिघण्टा १४ सय ८८ किलोमिटरको दूरीमा उड्न सक्छ । अरू यात्रुवाहक र कार्गो जहाज ३५ हजार फिटसम्म मात्रै उड्ने गरेकोमा यो विमान ५५ हजार फिटको उचाइमा उड्नेछ ।

यसअघिसम्म अमेरिकालगायत अन्य देशले तीव्र गतिको ध्वनिका कारण मानव बस्तीमा असर पर्न सक्ने भन्दै ५० वर्षदेखि सुपरसोनिक विमानको उडान परीक्षणमा प्रतिबन्ध लगाएका थिए । नासाले उडानको कम्रमा कम ध्वनि निकाल्ने गरी विमानको डिजाइन गरिएको जानकारी दिएको छ ।

नासाका अधिकारी पाम मेलरायले यो वर्षको अन्त्यमा एक्स ५९ ले पहिलो पटक परीक्षण उडान भर्ने बताउनुभएको छ । यो विमानको लम्बाइ ९९ दशमलव ७ फिट र चौडाइ २९ दशमलव ५ फिट रहेको छ । मेलरायले परीक्षण उडान सफल भएपछि अमेरिकाका विभिन्न सहरमा एक्स ५९ ले उडान भर्ने बताउनुभएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP