Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
फागुन ७ अर्घाखाँची
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताउनु भएको छ । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सोमवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले यस्तो बताउनु भएको हो । देश अहिले गम्भीर संकटमा रहेको बताउदै महामन्त्री सिंहले गणतन्त्र र धर्म निरपेक्षता लगायतका उपलब्धिहरु जोखिममा परेकोले प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धिहरुलाई समाप्त पार्ने दाउमा रहेको बताउनुभयो । सिंहले त्यो कुरालाइ सफल हुन नदिन सबै दलहरु सचेत हुनुपर्नेमापनि जोड दिनुभयो ।

विभिन्न घटनामा दोषी र भ्रष्टचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने भन्दै सिंहले वर्तमान अवस्थामा अहिलेको गठबन्धन भत्कने कुनै सम्भावना नरहेको जिकिर गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने विस्वास पनि व्यक्त गर्नुभयो । सिंहले नेकपा मसालको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सरकारलाइ समर्थन गरेको भएपनी सरकारले गरेका कामकारबाहीमा पुर्ण सन्तुष्ट नरहेको बताउनुभयो । उहाँले सरकारको गलत कामको भने बिराधगर्ने जिकिर गर्दे जनमोर्चा तत्काल मन्त्री मण्डलमा सहभागी नहुने प्रष्ट पार्नुभयो ।

एक फरक प्रसंगमा महामन्त्री सिंहले अमेरिका लगायतका शक्तिशाली देशहरुले राजनीतिक पार्टीनै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको दाबी गर्नुभयो । अमेरीकाले आफ्नो स्रोत साधनको प्रयोग गरेर आफु अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको आरोप पनि लगाउनुभयो । चीनलाई साईजमा राख्न अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको सिंहको आरोप रहेको छ । सिंहले तेस्रो विश्वयुद्धको खतरा रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP