Trend
मंगलबार , माघ १४, २०८२

श्याम घिमिरे,
फागुन १३ अर्घाखाँची
सन्धिखर्कमा भोली देखि प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ अर्घाखाँचीका जिल्ला सह–सचिव स्वर्गिय प्रकाश महतको सम्झनामा भोली (फागुन १४ गते) देखि प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागीएको आयोजकले जनाएको छ ।

सनिवार सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतले जानकारी दिनुभयो । गत २०७९ साल फागुन ७ गते विराटनगरमा भएको खेलकुद महासंघको कार्यक्रममा सहभागी हुने क्रममा महतको सडक दुर्घटनामा परी ज्यान गएको थियो । अर्घाखाँचीले एक होनहार युवा गुमाईरहँदा उहाँको सम्झनामा स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरीएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

सन्धिखर्कको टुडिखेलमा सञ्चालन हुने प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले ३० हजार रुपैयाँ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । यसका साथै म्यान अफ द म्याच, बेस्ट ब्याट्समेन, बेस्ट बलर, बेस्ट फिल्डर, राईजिङ प्लेयर अफ टुर्नामेन्ट, म्यान अफ द टुर्नामेन्ट लगायतका विधामा पनि खेलाडी पुरस्कृत गरिने भट्टराईले बताउनुभयो ।

डिउस कपी बल अर्थात सिम बलले म्याटमा १५ ओभरको खेलाईने प्रतियोगिता नकआउट चरणमा हुने छ । खेलमा रुपन्देहीबाट मान्यताप्राप्त अम्पायरहरु आउने छन् भने खेलको संयोजन अर्घाखाँची क्रिकेट संघले गर्ने महासंघका अध्यक्ष बस्नेतले बताउनुभयो । खेलका लागी आवश्यक पर्ने प्याड, ग्लब्स, हेलमेट लगायतका सामग्री अर्घाखाँची क्रिकेट संघले उपलब्ध गराउने बताइएको छ । खेलको तालिका समेत सार्वजनिक भईसकेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले अर्घाखाँचीका उपसचिव शम्भु प्रसाद पोखरेलले प्रत्येक वर्ष स्वः महतको सम्झाना खेलकुद प्रतियोगिता आयोजना गरिने गरि क्रिकेटको सुरुवात गरिएको बताउनुभयो । पोख्रेलले प्रकाशको नाममा अक्षयकोष समेत स्थापना गरिएको बताउनुभयो । कार्यक्रम नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतको अध्यक्षता र नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य बिष्णु परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

                 प्रथम प्रकाश महत स्मृति कप –२०८० खेल तालिका
१.पहिलो खेल : इलाभेन ब्रदर्श डिभर्ना “बि“ Vs यूएसिसि अर्घा
२.दोस्रो खेल : अर्घाखाँची बुलेटिन क्रिकेट क्लब Vs अर्घाखाँची क्रिकेट एकेडेमी
३.तेस्रो खेल : रोयल लम्चि क्रिकेट क्लब Vs बागमारा सामुदायिक क्लब
४.चौथो खेल : सौजन्य समाज किमडाडा Vs कमल पोखरी युथ क्लब सितगंगा
५.पाँचौ खेल : इलाभेन ब्रदर्श डिभर्ना “ ए“ Vs श्री शान्ति युवा क्लब सितगंगा
६.छैठौं खेल : खान ब्रदर्श Vs मदन भण्डारी स्पोर्ट्स एकेडेमी
७.बाइ : मालारानी ६ युवा समाज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने


TOP