Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
चैत्र २० अर्घाखाँची
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले पत्रकारहरुसंग साथी सहकारी कार्यक्रम सहित अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष प्रकाश भुसालले जिल्लामा सहकारीको विकासलाइ माथी उठाउन पत्रकार र सञ्चारमाध्यमहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै सहकारी र सञ्चार क्षेत्रको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताउनुभयो । फरक प्रसंगमा भुसालले नयाँ सदस्यहरूलाई सहकारीमा लगानि गर्न प्रेरित गरिएकोले देशमै अव्वल मानिएको साथी साकोसमा लगानि गर्न आग्रह समेत गर्नुभयो । भुसालले जिल्लामा रहेका सहकारीहरुलाइ मर्ज गरी सहकारीलाइ अव्बल र बलियो बनाएर अगाडी बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्घाखाँची जिल्ला बचत संघका अध्यक्ष दोर्ण भुसालले सहकारी अभियान राष्ट्रको समृद्धिको अभियान भएको भन्दै सहकारी मुलुकको आर्थिक समृद्धिको लागी नभई नहुने अंग भएकोले यसको बिकासकालागी सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताउनु भयो । भुसालले सहकारीहरुले कृषि क्षेत्र संगै बिभिन्न आयमूलक क्षेत्रमा पनि लगानि गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले जिल्लामा सहकारीको विकासकोलागि सहकारीहरुसंग पत्रकार र सञ्चार माध्यमहरु हालेमालो गरी अगाडी बढ्न तयार रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता,अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजि श्रेष्ठको स्वागत मनतव्य र कृष्ण भुसालको सञ्चाल रहेको कार्यक्रममा साथी साकोसले प्रकाशन गरेको २०८१ सालको भित्ते पात्रोको बिमोचनसंगै नयाबर्षको शुभकामना र बिभिन्न उपसमितिहरुको घोषणा गरिएको संस्थाका ऋण उपसमिति संयोजक डिलाराम भुसालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न


TOP