Trend
बुधबार , फागुण ६, २०८२

चैत २० अर्घाखाँची-
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अगाडी बढेको पत्रकार महासंघले जनाएको छ । अभियानको दोस्रो चरण अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तब्य मध्ये मंगलवार भुमिकास्थान नगरपालिकाका मुख्य ३ गन्तब्य भुमे मन्दिर,पाथीभरा मन्दिर तथा सेङ्गलेङ्ग दह मृहस्थली झरनामा पुगी स्थलगत रिपोटिङ्ग गरेको अभियानका प्रवक्ता  हृदय भुसालले बताए ।

जिल्लाको मुख्य पर्यटकिय गन्तब्य भुमे मन्दिर :

भुमिकास्थान नगरपालिका वडा २ ढाकावाङ्ग खाकवेसीको किनारमा भुमे मन्दिर अवस्थित रहेको छ । यसै भुमे मन्दिरकै नामबाट भुमिकास्थान नगरपालिकाको नामाकरण गरिएको भन्दै यसको धार्मिक महत्व निकै वढ्दै गएकोले एकपटक सवैले अवलोकन गर्नुपर्ने वडा नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापाले बताए । प्रकृतीको पहिलो पुँजाको रुपमा भुमिकै पुजा गर्ने,अन्न अन्नाज उत्पादका बेला सुरुमा आयर मन्दिरमा चढाउने प्रचलन रहेको समितीका अध्यक्ष बिरु भट्टराईले बताए ।

प्राचिनकालका राजा मिथिला राजाबिच सम्बन्ध स्थापित भएको उनिहरुको समन्वयमा शासन गर्ने गरेको र मिशिला राजाको आदेश अनुसार भुमिकास्थानमा भुमिका पुजा गर्ने किम्बन्ती बसेको साथै यस मन्दिरमा जेठेपुर्णिमामा खाकवेसी खोलामा ठुलो धार्मिक मेला र ढाकावाङ्ग पिपलनेटामा सांस्कृतिक मेला समेत लाग्ने स्थानियवासी दामोदर खनालले बताए । संगै भगवती मन्दिर समेत रहेको छ । उतm क्षेत्रका मानिसहरुले जेठे पुर्णिमालाई भुमिपुर्णिमा समेत भन्ने गरेका पाईन्छ । प्राकृतिक र वातावरणिय हिसावले र मनोआकाच्छा पुग्ने हुदाँ एकपटक भुमे मन्दिरको दर्शन गर्न स्थानियले आग्रह गरेका छन्।

जिल्लाको मुख्य पर्यटिक गन्तब्य पाथीभर मन्दिर तथा सेङ्खलेङ्ग दह :

भुमिकास्थान नगरपालिका वाड न १० सेङ्गलेङ्खमा पाथीभर मन्दिर र सेङ्गलेङ्ग दह रहेको छ । जहाँ नियमित रुपमा पाथीभरा देवीको पुजाँ हुन्छ । महाभारत पर्वत श्रृखलामा पर्ने यस सेङ्गलेङ्ग जिल्लाको अग्लो स्थान मध्ये एक स्थान हो । पाथीभरा मन्दिरमा पुगेपछि नेपालको अधिकांस भुभागको अवलोकन गर्न सकिने मनोरम दृश्यले सवैको मन लोभ्याउने गर्दछ ।

यहाँ बिभिन्न किसिमका जडिवुटि पाईनुका साथै यहाँ फुल्ने लालीगुरासको मनोरम दृश्यले सवैलाई आकर्षण गर्ने गर्दछ । जहाँबाट अग्ला किमश्रृङखला सहित मनमोहक प्राकृतिक सौन्दर्यता देख्न र शितलताको आनन्द लिदै पाथीभरा मन्दिर पुगी मनोकाच्छा पुरा हुने भुनपा १० बडा सदस्य टामलाल भट्टराईले बताए । मनले कामना गरेको पुग्ने बिश्वास रहदै आएको पाथीभरा मन्दिर संगै रहेको सेङ्गलेङ्ग दहमा समेत रम्न सकिने पर्यटिकय हिसावले सुन्दर आर्कषक ठाउँ भएको हुदाँ अवलोकन गर्न वडा सदस्य भट्टराईले बताए ।

पाथीभरा मन्दिरको मुर्ति स्थापना गरेपछि कुनै खालको बिपती नआएको र खेतीबाली पनि झन उत्पादमा बृद्धि भएको भुमिकास्थान नगरपालिका कार्यपालिका सदस्य गिर बहादुर नेपालीले बताए । सेङ्गलेङ्ग पर्यटकिय स्थलका लागी निकै उपयुतm र होमेस्ट समेत संचालन गरिएको सस्तो,सफा,सुलम मुल्यमा समेत पाउनाहरुलाई स्वागत सहित राख्ने ब्यवस्था भएको हामेस्टेका अध्यक्ष हिमनाथ खनालले बताए । माता कृष्णा रायमाझी ६ बर्ष सम्म खाना नखाई बसेको सोही स्थानमा आए पाथीभराको मुर्ति स्थापना गरेपछि खाना खान मन लागेको स्थानिय बिष्णु बन्जाडेले बताए ।

पाथीभरा मन्दिरमा नियमियत पुजाँआजा गरिने र आन्तरिक पर्यटक हरु नियमित आउने गरेको मन्दिरका पुजाँरी छविलाल भट्टराईले बताए । एकजना योगी काठको बैशाखी टेकेर उक्त स्थानमा आई सोही स्थानमा बस्दा पानी खान मन लाग्दा पानी नभएपछि बैसाखी गाडेर बस्दा आफै पानी आई दह बनेको किम्बदन्ती रहेको स्थानिय खुविराम आचार्यले बताए । सेङ्गलेङ्गदह पहिलेदेखी नै धेरै मानिसहरु अवलोकन गर्न आउने गरेको स्थानिय झब बहादुर गमालले बताए । यस स्थानमा रहेको मन्दिरमा प्रत्येक बर्ष जेठे पुर्णिमामा तिनबहिनी देवीको पुजा गर्ने चलन रहदै आएको छ यस दहमा बराह देवी भगवती सत्यदेवी लगायतको पुजा हुन्छ । चैतेदशैको द्धादशीको दिन भब्य सराँय नाँच र मेला लाग्ने गर्दछ ।

अर्घाखाँची जिल्लाको मुख्य गन्तब्य स्थान मृगस्थली झरना :

भुमिकास्थान नगरपालिका वडा न ९ मा रहेको मृघस्थली झरना अविरल अटल रुपमै जुनसुकै मौषम हिउन बर्षा जतिबेला पनि बगिरहन्छ । गच्छेभालुवाङ्ग सडकमै पर्ने उतm झरनाको उचाई १ सय मिटर भन्दा माथि बाट कलकल वगिरहेको देखिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण यो झरना देखेपछि मन जो कहि पनि एकपटक बसेर फोटो खिच्ने गर्दछन् । पहाडको छटावाट पानीको वहाव झरेको देख्दा साच्किैकै चादीको झराना जस्तो देखिन्छ एकपटक जो कहि पनि पुगेर अवलोकन गर्ने र मनोरजन लिन पर्ने ठाउँ हो उक्त झरना । निरन्तर रुपमा स्थानिय पर्यटकिय गन्तब्यको स्थलगत रिपोटिङ्ग गरिने पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP