Trend

श्याम घिमिरे,
चैत २२ अर्घाखाँची,

देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिकोत्सव ,भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको । संस्थाको कार्यालय चुत्रावेसीमा बिहिवार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सवसंगै २०८१ सालको भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गाबिन्द प्रसाद बन्जाडेले आर्थिक विकासकोलागी सहकारीले अब विजनेस प्लान बनाएर अगाडी बढ्ने बताउनुभयो । बन्जाडेले शेयर सदस्यहरुको निक्षेप सुरक्षित हुने कुरामा विस्वास दिलाउदै सहकारीमा जोडिन सबैलाइ आग्रह समेत गर्नुभयो ।

सञ्चालक समितिका पदाधिकारी,बिभिन्न उपसमितिका सदस्यहरु र शेयरसदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा संस्थाका सचिव प्रेम प्रकाश पाण्डेले सहकारीको हालसम्मको अवस्था र वार्षिक कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

आर्थिक बिकास र सामाजिक रुपान्तरणकालागी सहकारी भन्ने मुख्य नारा सहित २०७९ सालमा स्थापति सहकारीमा हाल ३ सय २६ जना शेयर सदस्यहरु आबद्ध रहेकाछन । करिब डेढ करोडको कुल पुँजी रहेको सहकारीमा १ करोड २० लाख भन्दा धेरै ऋण लगानी भएको संस्थाका व्यवस्थापक पदम भुसालले जानकारी दिनुभयोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP