Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
बैशाख २८,अर्घाखाँची
निर्वाचनको झल्को दिनेगरी सन्धिखर्क  ग्रीन इङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्क २ ले क्याप्टेन तथा सहायक क्याप्टेन छनौट गरेको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबिच चारवटा सदनका, सदन नेता/उपनेता र समग्र बिद्यालयको क्याप्टेन तथा सहायक क्याप्टेन छनोटकोलागी सुक्रवार निर्वाचन प्रक्रिया सम्पन्न गरिएको बिद्यालयका प्रिन्सिपल टेकबहादुर थापाले बताउनुभयो ।

बिद्यार्थीहरुमा निर्वाचन सम्बन्धि व्यवहारीक ज्ञान बढ्नुको साथै निर्वाचनको अभ्यास हुने भएकोले यस प्रकारको कार्य गरिएको बिद्यालयका सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिनुभयो ।

आफ्नो नेता आफै चुन्न पाएकोमा आफु खुसि भएको कक्षा ७ मा अध्ययनरत अंकित घिमिरेले बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालले ग्रिनले जे गर्छ फरक ढंगबाट गर्छ भन्दै यस प्रकारको कार्यमा बिद्यार्थीहरु उत्साहका साथ सहभागी भएकोमा खुसि समेत व्यक्त गर्नुभयो ।

निर्वाचनबाट बिभिन्न पदमा बिद्यार्थीहरु निर्वाचित भएको बिद्यालयका शिक्षक एवं निर्वाचन अधिकृत बामदेव आचार्यले जानकारी दिनुभयो । बिद्यालय क्याप्टेन/सहायक क्याप्टेन र सदन नेता/उपनेता गरि कुल १० पदकालागि भएको निर्वाचनमा कक्षा ६ देखि १० कक्षा सम्म अध्ययनरत २८० जना छात्रछात्राहरुको सहभागीता रहेको थियो । निर्वाचन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रतिनिधि सहित शिक्षक,बिद्यार्थी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP