शुक्रबार २९ जेठ २०८३

असार १० अर्घाखाँची-   सन्धिखर्क नगरपालिकाले आउँदो आर्थिक बर्ष २०८१/८२ का लागि १ अर्ब ७ करोड रुपैया भन्दा धेरैको बजेट ल्याएको छ । नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले सोमवार नगर सभाको १६ औं अधिवेशनबाट १ अर्ब ७ करोड ११ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । सन्धिखर्क नगरपालिकालाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट विकास गर्ने गरी बजेट ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

कुल बिनियोजन बजेट मध्ये ७३ करोड ३७ लाख ९० हजार अर्थात ६८.५ प्रतिशत रहेको मा सशर्त तर्फ अनुदान चालू खर्च ३८ करोड ६ लाख २० हजार अर्थात ३५.५३ प्रतिशत र नगरपालिका तर्फको चालू खर्च १५ करोड ८७ लाख ३४ हजार अर्थात १४. ८२ प्रतिशत रहेको उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो । नगरपालिकाको कुल बिनियोजन बजेट मध्ये पुँजिगत खर्च ३३ करोड ७३ लाख २७ हजार अर्थात ३१. ५ प्रतिशत र सामाजिक सुरक्षा तर्फ १९ करोड ४४ लाख ३६ हजार अर्थात १५. १८ प्रतिशत रहेको नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै आगामि आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च ब्योहोर्ने श्रोत मध्य सञ्चित कोष र अन्य कोषबाट ४ करोड १७ लाख २६ हजार, आन्तरिक राजश्व बाट ३ करोड २० लाख संघिय सरकार र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने १३ करोड १७ लाख ६२ हजार संघिय सरकार प्रदेस सरकार बाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान बाट प्राप्त हुने १४ करोड १५ लाख ५९ हजार तथा ससर्त अनुदान तर्फको अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर सरकारि अख्तियारिबाट ७२ करोड ४० लाख ७० हजार ब्यहोर्ने नगरपालिकाले जनाएको छ ।नीति तथा कार्यक्रम समरी


Last Updated on: June 25th, 2024 at 5:30 am
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया