Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
असार १४ अर्घाखाँची

जिल्ला बचन तथा ऋण सहकारी संघ लिमिटेड अर्घाखाँचीको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राबिधिक सहयोगमा सन्धिखर्कमा सुक्रवार अन्तरक्रिया तथा खाता बन्दी सम्बन्धी तालीम सम्पन्न भएको छ । तालीमको उद्घाटनगर्दे नेफ्स्कूनका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्घाखाँची जिल्लाभित्र भएको सहकारी सम्बन्धी सम्भावनालाइ अध्ययनगरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

ढकालले सहकारीको गतिबिधि,काम लगायतका अन्य क्षेत्रमा अर्घाखाँची जिल्ला बचन तथा ऋण सहकारी संघ लुम्विनी प्रदेशमै तेस्रो स्थानमा रहेको भन्दै मुक्त कण्ठले प्रसंशा समेत गर्नुभयो । नेफ्स्कूनले जिल्लामा सहकारी सम्बन्धी साझेदारी कार्यक्रम ल्याउने तयारी गरेको भन्दै ढकालले साझेदारी कार्यक्रम सञ्चालनपछि वचत संघ बलियो हुने विस्वास पनि व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका प्रशिक्षक विभाग प्रमुख संजयराज तिमिल्सिनाले सहजिकरण गर्नु भएको तालिममा खाता बन्दी लगायत सहकारी सम्बन्धी विबिध बिषयमा छलफल भएको हो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक ज्ञानु पौडेल,जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल,लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक रुद्र प्रसाद श्रेष्ठलगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

जिल्ला बचन तथा ऋण सहकारी संघका अध्यक्ष दोर्ण प्रसाद भुसालको अध्यक्षता,उपाध्यक्ष पार्वती भुसालको स्वागत मनतव्य र सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा ३३ वटा बचत तथा ऋण सहकारी संस्थावाट ५२ जना प्रतिनिधिहरुको सहभागीता रहेको संघका जिल्ला अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP