Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
चैत १९ अर्घाखाँची,

साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको कार्यालय चुत्रावेसीमा मंगलवार एक कार्यक्रमको आयोजना गरी ६८ औं राष्ट्रिय सहकारी दिवसको पुर्बसन्ध्यामा २०८२ सालको भित्तेपात्रो सार्वजनिक तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रकाश भुसालले सहकारीको माध्ययमबाट समृद्धि सम्भव रहेको भन्दै सबैलाई सहकारीमा जोडिन आग्रह गर्नुभयो । भुसालले सहकारीले उद्योग,व्यापार संगै कृषि र पशुपालनको क्षेत्रमा समेत लगानी गरेको बताउनुभयोे ।

सञ्चालक समितिका पदाधिकारी र बिभिन्न उपसमितिका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम संस्थाका ऋण लगानी तथा धितो मूल्यांकन उपसमितिका संयोजक डिलाराम भुसालको सञ्चालन र उपाध्यक्ष रुद्र प्रसाद श्रेष्ठको स्वागत मनतव्यमा सम्पन्न भएको हो । कार्यक्रममा सहकारीका जेष्ठ सदस्यत्रय खिमानन्द घिमिरे,केशबराज चुँदाली र पुनाराम आचार्यलाइ सम्मान समेत गरीएको थियो । नेपालमा हरेक बर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP