
विदुर अधिकारी रामपुर,चितवन
गण : न भ ल गु
सङ्केतः ष्ष्ष् कष्ष् ष् क

प्रणय तोड्दछु भनी
नभन छोड्दछु भनी
विनय गर्दछु अति
बुझ न हे ! चनमती ।
मधुर प्रेम बहँदा
हृदय एक रहँदा
पनि बन्यौ किन दुखी
भन न हे! चनमती ।
असल चेतन लिँदा
प्रणय सार्थक दिँदा
पनि गर्याै किन खती
सुन न हे ! चनमती ।
प्रहर देख्छु धमिलो
वदन देख्छु अमिलो
खबर के छ र सखी
भन न हे! चनमति ।
अधिक छैन नि धन
मसित मात्र छ मन
अब गरौँ न प्रगति
बुझ न हे चनमति ।