Trend
बिहिबार , पुष २४, २०८२

श्याम घिमिरे,
कार्तिक २२ अर्घाखाँची –

त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २, को १४ औं बार्षिक साधारण सभा सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका अध्यक्ष एवं पुर्व अध्यक्षहरुले संयुक्त रुपमा पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष कमल प्रसाद घिमिरेले सहकारीहरुले आफ्नो गुणस्तरलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

घिमिरेले पछिल्लो समय केहि सहकारीहरुका कारण सहकारीलाइ हेर्ने दृष्ट्रीकोण बदलीएको भन्दै त्रिबेणीले शेयर सदस्यहरुको लगानीको सुरक्षा गर्नेमा सबैलाइ ढुक्क हुन आग्रह गर्नुभयो । सुशासनयुक्त सहकारी, कुसल नेतृत्व र असल व्यवस्थापनकै कारण त्रिवेणी सहकारी जिल्लामै नमुना सहकारीको रुपमा स्थापित भएको भन्दै घिमिरेले यो कार्यलाइ निरन्तरता दिन सबैको सहयोगको आबश्यकता पर्नेमा जोड समेत दिनुभयो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष कमल प्रसाद घिमिरे, सचिव नारायण प्रसाद भुसाल,कोषाध्यक्ष शिव बेल्वासे, लेखा सुपरिवेक्षण समितिका संयोजक रामलाल भुसाल र व्यवस्थापक तुल्सीराम खनालले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उपस्थित शेयर सदस्यहरुसंग प्रतिवेदनमाथी दोहोरो छलफल पनि भएको थियो ।

संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष टोपलाल खनालको स्वागत मनतब्य र सचिब नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा ७० बर्ष माथिका ६ जना जेष्ठ नागरीकहरु, शेयर सदस्यहरुका छोराछोरीको तर्फबाट एसइइ परिक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने चारजना छात्रछात्राहरु, असल कारोवारी,पहिलो मालीक , उत्कृष्ट कर्मचारी सम्मान सहित पत्रकारीताको क्षेत्रबाट संस्थालाई सहयोगगर्ने अर्घाखाँची डटकममा कार्यरत पत्रकार केशव पन्थीलाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको हो ।

कार्यक्रममा सहकारीका शेयर सदस्य स्वः हरीकला घिमिरेको परिवारलाइ सन नेपाल लाइफ इन्स्योरेन्स कंम्पनीका प्रतिनिधि मिना बस्याल भट्टराइले सहकारी म्यादी बिमा बापतको रकम हस्तान्तरण समेत गर्नु भएको थियो ।

२०६८ सालमा स्थापित संस्थामा हाल १२ सय २ जना शेयर सदस्य र २ सय ६७ जना बाल सदस्यहरु आबद्ध रहेका छन । २१ करोड भन्दा बढीको कुल पँुजी रहेको सहकारीमा ११ करोड ७७ लाखभन्दा माथी ऋण लगानी , १३ करोड ८७ लाख बचत निक्षेप र ३ करोड ७८ लाख शेयर पँुजि रहेको सहकारीका व्यवस्थापक तुल्सी खनालले जानकारी दिनुभयोे । १ करोड ९७ लाख रुपैया जगेडा कोष रहेको संस्थाले ६.३८ प्रतिशत लाभांस रकम बितरण गर्न प्रस्ताव गरेको व्यवस्थापक खनालले बताउनुभयो । सहकारीले बिभिन्न सामाजीक कार्य संगै सचेतनामुलक गतिबिधिहरु समेत सञ्चालन गर्दे आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

वीर नेपाली : (लोकछन्द)


TOP