Trend
बिहिबार , पुष २४, २०८२

श्याम घिमिरे,
पुस १८ अर्घाखाँची ।
कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले सातौं अर्घाखाँची महोत्सव–२०८२ आयोजना हुने भएको छ । अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा हुन लागेको महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले सुक्रवार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना र साँस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ सातौं अर्घाखाँची महोत्सव सञ्चालन गर्न लागीएको बताउनुभयो । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ ।

महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री,साँस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता,आदिवासी जनजाती भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रमहरु प्रर्दशन गरिने चेम्बर अफ कमर्सका सचिव प्रेम थापाले बताउनुभयो ।

महोत्सवमा जिल्लाका साथै विभिन्न स्थानका व्यवसायी तथा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाका स्टलहरु राखिने चेम्बर अफ कमर्सका द्धितिय उपाध्यक्ष बाबुराम पन्थीले जानकारी दिनुभयो ।

महोत्सवको आम्दानीबाट प्राप्त रकमले गत भदौ २३ गतेको नवयुवा आन्दोलनका क्रममा साहदात प्राप्तगर्ने अर्घाखाँचीका सहिद माधव सारु मगरको घरपरिवारलाइ सहयोग गर्नुका साथै सन्धिखर्कको शान्ति बगैँचा भित्र रहेको अर्घा र खाँचीका राजाले सन्धि गरेको ठाउँमा सन्धि स्मारक निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालको स्वागत मनतब्य र महासचिव हरिप्रसाद भुसालको सञ्चालनमा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बाबुराम घिमिरेलगायतले मनतब्य राख्नुभएको थियो ।
यहि पुस २७ गतेदेखि माघ ११ गतेसम्म सन्धिखर्क १ मा रहेको कुडुले फाँटमा सञ्चालन हुने महोत्सवमा सर्वसाधारणलाई सहभागिता जनाई स्थानीय उत्पादनको प्रयोग र प्रवद्र्धन गर्न चेम्बर अफ कमर्सले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

वीर नेपाली : (लोकछन्द)


TOP