Trend
बिहिबार , फागुण २८, २०८२

श्याम घिमिरे
२०८२ माघ ९,
अर्घाखाँची – नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशंकर इङ्लिस बोर्डिङ स्कुल, सन्धिखर्कले हात पारेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको गौरीशंकर इङ्लिस बोर्डिङ स्कुलले यस वर्षको रनिङ शिल्डसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको हो । विद्यालयले गत वर्ष पनि राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो, जसले लगातार दोस्रो पटक उपाधि जित्दै आफ्नो खेल क्षमताको उत्कृष्टता प्रमाणित गरेको छ ।

प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय, चुत्रावेसी दोस्रो र युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालय, हटारी तेस्रो स्थान हासिल गर्न सफल भए । छात्र–छात्रातर्फ विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा सन्धिखर्क नगरपालिकाभित्रका सबै विद्यालयका खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतियोगिता सम्पन्न पश्चायत आयोजित पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद बेल्वासे लगायतले मन्तव्य राख्दै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । रनिङ शिल्ड प्राप्त गरेसँगै गौरीशंकर इङ्लिस बोर्डिङ स्कुलले खेलाडीहरूलाई बाजागाजासहित बजार परिक्रमा गराई सम्मानसमेत गरेको छ । प्रतियोगिता यहि माघ ६ गतेदेखि सन्धिखर्कको टुँडिखेलमा सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई


TOP