Trend

श्याम घिमिरे ,अर्घाखाँची, माघ १२ —

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भूमिकास्थान नगर कमिटी, अर्घाखाँचीको आयोजनामा नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सोमवार भूमिकास्थानको पोखेडाँडामा सम्पन्न भएको छ । बैठकमा मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले आफू पार्टीमा इमान्दारपूर्वक काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताकै साथमा उभिएर सेवा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मतदाताको शिर उच्च हुने र भोटको पूर्ण सम्मान हुनेगरी हरेक राजनीतिक कदममा अगाडि बढाउने स्पष्ट धारणा समेत राख्नुभयो ।

उम्मेदवार भुसालले सांसदमा निर्वाचित भए पछि अर्घाखाँची जिल्लाका समग्र समस्या समाधानका लागि संघीय संसदमा प्रभावकारी नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । जनताका हक–अधिकार सुनिश्चित गर्न नीति तथा कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने र विकास निर्माणका सवालमा दीर्घकालीन सोच सहित काम गर्ने भुसालको भनाइ छ ।

एमाले जिल्ला अध्यक्ष समेत रहनु भएका भुसालले राजनीतिलाई पेशा नभइ, सेवाभावका साथ अघि बढाउनुपर्ने अभियानको रूपमा व्याख्या गर्दै जनताको विश्वास, सहभागिता र साथबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले राजनीति जनसेवाको माध्यम हुनुपर्नेमा जोड दिंदै इमानदार नेतृत्वले मात्रै जनताको मन जित्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा पार्टीका नेता–कार्यकर्ता, नगर कमिटीका पदाधीकारीहरु र जनवर्गीय संगठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । नगरस्तरीय विस्तारित बैठकले संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी र व्यवस्थीत बनाउने संकल्प समेत व्यक्त गरेको पार्टी नगर इन्चार्ज बसन्ता पौडेलले बताउनु भयो । बैठक पार्टी नगरकमिटी अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, सचिब हरी बहादुर केसीको स्वागत मनतब्य र ईश्वरी मरासीनीको सञ्चालनमा सम्पन्न भएको पार्टी जिल्ला सदस्य रेशम थापाले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP