Trend
शुक्रबार , फागुण १५, २०८२

श्याम घिमिरे अर्घाखाँची फागुन १४– अर्घाखाँचीका ६ मध्ये चारवटा पालिकाले ४४ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा भोलि स्थानिय बिदा दिएका छन् । मगर समुदायको सांस्कृतिक पहिचान र योगदानको सम्मान स्वरूप पालिकाले भोलि सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालीका, भूमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाले छुट्टाछुट्टै सूचना प्रकाशित गरी एक दिनका लागि स्थानीय बिदा दिएको जनाएका हुन् । पालिकाहरुको निर्णय अनुसार भोलि पालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकाय बन्द रहनेछन् ।

मगर समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फागुन १५ गते मगर दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिँदैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक


TOP