सोमबार २५ जेठ २०८३

श्याम घिमिरे, अर्घाखाँची, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट सीता पराजुली सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको प्रतिस्पर्धामा पराजुलीले ९१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पराजित गर्नुभयो । सुनारले ७९ मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा सहयोगी विसी ११६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत प्राप्त गर्नुभयो । सचिव पदमा चिरन सुनार १५० मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी यज्ञ पौडेलले ४३ मत ल्याउनुभयो । सहसचिव पदमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सदस्य पदमा वेदराज घिमिरे, पिताम्बर सेजवाल र चुरामणि ढुंगाना निर्वाचित हुनुभएको छ । सदस्य पदका लागि ११ जनाको प्रतिस्पर्धा रहेको थियो । महिला सदस्यमा रमा पौडेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैबिच नवनिर्वाचित सभापति पराजुलीले पार्टीलाई जिल्लाभर थप सशक्त र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै कार्यकर्ता तथा शुभेच्छुकहरूको साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नवनिर्वाचित कार्यसमितिले पार्टी संगठन सुदृढीकरण, जनसरोकारका मुद्दा उठान तथा जिल्लामा रास्वपाको संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ ।

 


Last Updated on: June 8th, 2026 at 8:25 am
१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया