शनिबार १३ आषाढ २०८३

श्याम घिमिरे,
फागुन २७ सन्धिखर्क

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले निजि क्षेत्रका बिद्यालयहरुलेजस्तै नतिजा ल्याउन सामुदायिक बिद्यालयहरुलाई आग्रह गर्नुभएको छ । गौरीशंकर इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्कको २१ औं बार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रमलाइ आज सम्बोधन गर्दे श्रेष्ठले यस्तो बताउनुभएको । श्रेष्ठले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमामात्रै शिक्षामा आमुल परीवर्तन गर्न सकिने भन्दै, शिक्षा बिकाशको मुख्य मेरुदण्ड भएको बताउनुभयो । श्रेष्ठले हरेक गतिबिधिमा बिद्यालयले उत्कृष्टता हासील गरेकोमा बधाई सहित धन्यवाद दिदै एसईईमा चार जिपिए ल्याउने बिद्यार्थीहरुलाई हौसला स्वरुप नगरपालिकाले सम्मान गर्ने बताउनुभयो । श्रेष्ठले नगरका सबै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

बिद्यालय व्यस्थापन समितिका अध्यक्ष भेषबहादुर बिसीको अध्यक्षता, शिक्षक प्रकाशचन्द्र आचार्यको स्वागत मनतव्य र शिव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली ,सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मन्जु आचार्य, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, अभिभावक मुक्तिनाथ भुसाल,पतंजलि योग समितिका अध्यक्ष प्रेमनारायण पोख्रेल,बिद्यार्थीहरु कृष्ण खनाल,अनिशा खनाललगायतले शुभकामना मनतब्य राख्दै बिद्यालयको उज्वल भबिश्यको कामना ब्यक्त गर्नु भयो ।

प्रिन्सिपल गणेश क्षेत्रीले बिद्यालयको वार्षिक प्रतिबेदन पेस गर्नु भएको कार्यक्रममा शैक्षिक सत्र २०७९ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्रछात्राहरुलाइ पुरस्कार बितरण समेत गरीएको थियो । कार्यक्रममा बिद्यार्थीसंगै शिक्षिकाहरुले गित तथा नृत्य प्रस्तुत गरी उपस्थित सबैलाइ मनोरञ्जन प्रदान गराउनु भएको थियो ।

२०५७ सालमा स्थापित बिद्यालयमा हाल ९ सय जनाभन्दा धेरै बिद्यार्थी अध्ययनरत रहेका छन भने ४७ जना शिक्षककर्मचारीहरु कार्यरत रहेको बिद्यालयका प्रिन्सिपल क्षेत्रीले बताउनुभयो । बिद्यालयमा अहिले प्रि मन्टेश्वरी कक्षा देखि १० कक्षा सम्म अध्यापन भइरहेको छ ।  

 


Last Updated on: March 10th, 2024 at 1:51 pm
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया